काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबारबाटै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन्।
उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन्।
राजीनामा पत्रमा उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनुपस्थित भएको पनि खुलाएका छन् ।
गण्डकी प्रदेशमा बिहीबार मुख्यमन्त्री पदमा पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् ।