logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • गण्डकी प्रदेशका सांसद थापा पुन: पदमुक्त !

    गण्डकी प्रदेशका सांसद थापा पुन: पदमुक्त !

    4.7K
    Shares

    काठमाडाैं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पदमुक्त गरेकाे छ । 

    जनमोर्चाको सिफारिसमा गण्डकी प्रदेशका सभामुख नेत्रराज अधिकारीले सांसद थापा पदमुक्त भएको घोषणा गरेका हुन् । उनले प्रदेश सभामा ह्विप उल्लंघन गरेकाले कारबाही गरिएको जनमोर्चाले जनाएको छ । 

    बिहीबार प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिएका थिए । जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गर्न, तटस्थ नबस्न र अनुपस्थित नहुने ह्विप जारी गरेको थियो ।उक्त ह्वीप विपरित काम गरेकाले थापालाई पदमुक्त गरिएकाे जनमोर्चाले बताएकाे छ ।

    यसअघि पनि जनमोर्चाले उनलाई कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले प्रक्रिया नपुगेको भन्दै अन्तरिम आदेशमार्फत उनकाे कारबाही रोकेकाे थियाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend