logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • नयाँ सरकार गठनका लागि गण्डकी प्रदेश प्रमुखको आह्वान, २४ घण्टाको समय

    नयाँ सरकार गठनका लागि गण्डकी प्रदेश प्रमुखको आह्वान, २४ घण्टाको समय

    1.7K
    Shares

    काठमाडाैं । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई २४ घण्टाको समय दिएकी छन् । संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न समय दिइएको हाे । 

    प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि सांसदले आफूसँग बहुमत रहेको आधार प्रस्तुत गरेमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानको धारा १६८ (५) मा छ । पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको हो ।

    कांग्रेसका कृष्णचन्द्र नेपाली (पोखरेल)ले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।

    Gandaki_notice.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend