logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकीमा सरकार गठनको समयसीमा आज सकिँदै, बन्ला त कांग्रेस नेतृत्वमा सरकार ?

    गण्डकीमा सरकार गठनको समयसीमा आज सकिँदै, बन्ला त कांग्रेस नेतृत्वमा सरकार ?

    3.5K
    Shares

    काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सीमा आज दिउँसो ३ बजे सकिँदै छ।

    नयाँ सरकारका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी पेस गरेका छन् । उनले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दावी पेस गरिसकेका छन् । 

    पोखरेललाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकसहित ३१ सांसदको समर्थन छ ।

    स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरेपछि पोखरेलको पक्षमा बहुमत जुटेको हो । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन्। प्रदेश प्रमुख सीता पौडेलले आज दिउँसो ३ बजेसम्म निर्णय दिने बताएकी छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend