logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • सरकारको दीर्घकालीन काममा सहयोग नगर्न पाँच पूर्वप्रधानमन्त्रीको आह्वान

    सरकारको दीर्घकालीन काममा सहयोग नगर्न पाँच पूर्वप्रधानमन्त्रीको आह्वान

    1.8K
    Shares

    काठमाडौं । विपक्षी गठबन्धनमा रहेका पाँच पूर्वप्रधानमन्त्रीहरूले दीर्घकालीन महत्वका सरकारी निर्णयलाई साथ नदिन राज्यका निकायहरुलाई आह्वान गरेका छन् ।

    शनिबार पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै दीर्घकालीन महत्वका काममा सरकारलाई सहयोग नगर्न राज्यका सबै निकायलाई आह्वान गरेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर नेपालको संविधानमाथि प्रहार गरिरहेको भन्दै विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरेको आरोप लगाएका छन् । 

    कामचलाउ सरकारले संविधान संसोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको, मन्त्रिपरिषद पुनर्गठन गरिरहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले चुरे क्षेत्रबाट बालुवा निकासी गर्ने सरकारी नीतिको समेत विरोध गरेका छन् ।

    हेर्नुहाेस् बक्तव्य :

    baktabya 1.jpg

    baktabya 2.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend