logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • यस्तो छ मुख्यमन्त्री नेपालीको राजनीतिक यात्रा

    यस्तो छ मुख्यमन्त्री नेपालीको राजनीतिक यात्रा

    3.6K
    Shares

    नवलपुर । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली राजनीतिमा अत्यन्तै क्रियाशील छन्। सङ्घीयता आएपछि मुलुकमा पहिलो पटक सम्पन्न प्रदेशसभाको निर्वाचनमा नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेपाली विजयी भएर गण्डकी प्रदेशसभा सदस्य भए ।

    उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई पराजित गर्दै प्रदेशसभामा आफ्नो स्थान सुरक्षित गराएका थिए। विसं २०७४ मा भएको निर्वाचनमा  कांग्रेसका नेपालीले १७ हजार ६८३ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार न्यौपानेलाई ३८२ मतान्तरले पराजित गराएका थिए ।

    उनका बुवा गोवद्र्धन शर्मा पोखरेल राणाशासनका विरोधमा सधैँ क्रियाशील थिए ।  कांग्रेसमा लागेर शर्मा तत्कालीन समयमा केन्द्रीय सदस्यसमेत भएका थिए । एकहत्तर वर्षीय नेपालीको जन्म तनहुँमा भए पनि राजनीतिक थलो भने नवलपरासी भयो । विसं २०० मङ्सिर १३ गते तनहुँमा द्रौपदा शर्माका कोखबाट जन्मिएका नेपालीका चार दाजुभाइमध्ये जेठा दाजु रामचन्द्र पोखरेल पूर्वसांसद र  साहिँला भाइ डा जगदीशचन्द्र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष थिए भने कान्छा भाइ अमेरिकामा बस्दै आएका छन् ।

    नेपालीको राजनीतिक थलो नवलपरासी भए पनि विद्यार्थी राजनीति भने तनहुँबाटै शुरु भएको थियो । प्रजातान्त्रिक समाजवादक हिमायती नेपालीलाई निष्ठा र त्यागको पर्यायका रुपमा लिने गरिएको छ ।  विद्यार्थीकालदेखि नै उनमा राजनीतिक चेत थियो ।

    उनी विसं २०२८ मा कांग्रेस तनहुँको जिल्ला सदस्यसमेत बन्नुभयो । प्रजातान्त्रिक आन्दोलनकै क्रममा विभिन्न समयमा गरी उनी ६ पटक कारागार परेका थिए । विसं २०३५ को विद्यार्थी आन्दोलनमा उनले कास्की कारागारमा दुई पटक गरेर पाँच महिना बिताएका छन् । विसं २०३७ को जनमतसङ्ग्रहका क्रममा फेरि आठ महिना कास्की कारागारमै बस्न बाध्य भए । विसं २०३८ मा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका उनले अर्को दुई महिना कारागारमा बिताए ।

    देशमा बहुदलीय व्यवस्था माग्दै विसं २०४२ मा कांग्रेसले सत्याग्रह घोषणा ग¥यो । तत्कालीन नवलपरासीबाट सत्याग्रहमा सक्रिय नेपालीले परासी–कपिलवस्तु कारागारमा गरेर एक वर्ष कारागार जीवन बिताए । विसं २०४६ को जनआन्दोलनमा परासी कमाण्डर नेपाली नजरबन्दमा पनि परे । नजरबन्दपछि नेपालीलाई पाल्पाको कारागारमा नौ महिना राखियो । 

    भारतको दरभङ्गाबाट मानविकी सङ्कायमा स्नातक उनले पछि नेपालकै  त्रिभुवन विश्वविद्यालयबाट कानूनमा पनि स्नातक उत्तीर्ण उनले प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिएका थिए । त्यसपछि उहाँ माध्यमिक शिक्षाका लागि भारत पुगेका थिए । माध्यमिक शिक्षा विहारको नरकटियागञ्जबाट पूरा गरेका नेपाली दरभङ्गाबाट मानविकी सङ्कायमा स्नातक गरेपछि नेपाल फर्किएका थिए ।

    विसं २०४८ को कांग्रेस अधिवेशनपछि उनी निरन्तर चार कार्यकाल  कांग्रेस नवलपरासीको सभापति भए । विसं २०४८ को आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । विसं २०६२/६३ को जनआन्दोलनमा उनले नवलपरासीको नेतृत्व सम्हालेका थिए। त्यस बेला पनि उनी कारागारमा बसे ।  कांग्रेसको १२औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए। विसं २०७० को संविधानसभा निर्वाचनमा उनी ३२५ मतले पराजित भएका थिए । उनी त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा होमिएका थिए ।

    मुलुक सङ्घीयतामा गएपछि साविकको नवलपरासी विभाजन भएर दुई जिल्लामा परिणत भयो । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा रह्यो भने पूर्व नवलपरासी गण्डकी प्रदेशमा रहन पुग्यो । मुलुकको कान्छो जिल्लाको पहिचान बनाएको नवलपुरबाट प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशसभामा पुगेपछि नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति भए। साठी सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सदस्य छन् । एमाले माओवादी गठबन्धनको बहुमत आएसँगै कांग्रेस सङ्ख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बनेको थियो । मुख्यमन्त्री नेपाली यसअघि गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी संसदीय दलको नेताका रुपमा चुनिएका थिए ।

    प्रदेशसभाका कामकारबाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षी दलका नेताका हैसियतमा उनी जहिल्यै क्रियाशील रहेका थिए । बजेट बाँडफाँटमा होस् वा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सदस्यलाई गरिएको विभेदका विषयमा होस्, उनले प्रदेशसभाम आवाज उठाउँदै सरकारलाई सही दिशामा हिँड्न बाध्य बनाएका थिए । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend