logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • गण्डकीका मुख्यमन्त्रीसहित ५ मन्त्रीले लिए शपथ, मनाङेसहित चारजना विना विभागीय मन्त्री

    गण्डकीका मुख्यमन्त्रीसहित ५ मन्त्रीले लिए शपथ, मनाङेसहित चारजना विना विभागीय मन्त्री

    2K
    Shares

    काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई एक समारोहबीच शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

    शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ लिएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend