logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • दीपक मनाङ्गेबारे डा.भट्टराई भन्छन् :’रत्नाकार नै बाल्मिकी बनेका हुन्, पूर्वाग्रह नराखौँ’

    दीपक मनाङ्गेबारे डा.भट्टराई भन्छन् :’रत्नाकार नै बाल्मिकी बनेका हुन्, पूर्वाग्रह नराखौँ’

    2.8K
    Shares

    काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) र जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको पछिल्लो भेटघाटलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

    यसैबीच डा.भट्टराईले कोही पनि व्यक्ति जन्मजात नै अपराधी नुहने बताएका छन् । व्यक्तिलाई समाज र राज्यले अपराधी बनाउने बताउँदै उनले फेसबुकमा लेखेका छन्, ‘वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्यरसमाजको वर्चस्वशाली तप्काले उत्पीडितरबहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।’

    त्यस्तै उनले जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्: अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा बसेका छन् भन्ने विगतमा आफूले नै भनेको कुरालाई स्मरण समेत गरेका छन् ।

    रत्नाकार नै बाल्मिकी बनेको उदाहरण दिँदै राजीव गुरुङबारे पूर्वाग्रह नराख्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयॉ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्नेरु किन पूर्वाग्रह राख्ने ?’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend