काठमाडाैं । भारतमा २४ घन्टामा ८० हजार ८ सय ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । एकै दिन भारतमा १ लाख ३२ हजार ६२ जना संक्रमणमुक्त भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै न्युज एजेन्सी एएनआईले उल्लेख गरेकाे छ ।
यस अवधिमा भारतमा ३ हजार ३ सय ३ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण थपिएकाे याे संख्या गएको ७१ दिन यताको सबैभन्दा कम हाे ।
भारतमा अहिले कोभिड १९ को १० लाख २६ हजार १ सय ५९ एक्टिभ केस रहेको छ । भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ जनामा कोभिड १९ विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।