logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • गैर–मधेशीलाई पनि मन्त्री बनाउन मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख झाको पत्र

    गैर–मधेशीलाई पनि मन्त्री बनाउन मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख झाको पत्र

    2.1K
    Shares

    काठमाडाैं । प्रदेश नम्बर २ का प्रमुख राजेश झा अहिराजले मन्त्रिपरिषद् समावेश बनाउन भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई पत्र पठाएका छन् । 

    पत्रमा मन्त्रिपरिषदमा पहाडी मूलकालाई पनि समावेश गराउन, महिला, मधेशि र दलित सबैलाई उत्तिकै प्राथमिकता दिन आग्रह गरिएको छ । संविधानले महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसङ्ख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने व्यवस्था भएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएका हुन् ।

    यस्तै, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू प्रदेश सभाको सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था रहेकोमा प्रदेश सभाको गठन विधि नै समावेशी समानुपातिक सिद्धान्तमा आधारित रहेको पत्रमा भनिएको छ । 

    rajesh_jha_letter.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend