पोखरा । शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि नवनियुक्त मुख्यमन्त्रीलाई बधाई शुभकामना दिन जाने क्रममा नेपाली कांग्रेसका सांसद मेखलाल श्रेष्ठले प्रहरी निरीक्षक श्याम थापा मगरलाई चोर औंला देखाउँदै ,’तपाईंको हिसाबकिताब हुन्छ के।’ भनेको भिडियो अहिले सामाजिक संजालमा भाइरल नै बनेको छ।
सरकार आफ्नो पक्षको बन्ने बित्तिकै काङ्ग्रेसका सांसदको दादागिरी बढेको भन्दै धेरैले आलोचना समेत गरिरहेका छन् । सामाजिक सञ्जालमा भाइरल भएकाे उक्त भिडियाेमा सामाजिक सञ्जाल प्रयाेगकर्ताहरुले ‘निषेधाज्ञाको समयमा आफैँ भीड गरेर हिँड्ने अनि ड्युटीमा रहेका प्रहरी थर्काउने यो कस्तो हर्कत हो मान्य ज्यु ?’ भनी प्रश्न गरेका छन् ।
को हुन् मेखलाल श्रेष्ठ ?
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका उपनेता रहेका ४७ वर्षीय श्रेष्ठ स्याङजा भीरकोट नगरपालिका –१ का स्थायी वासिन्दा हुन् ।
समानुपातिक कोटाबाट गण्डकी प्रदेश सभामा छिरेका उनी वालिङ बहुमुखी क्याम्पसमा नेविसघंको इकाई सभापति, जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य, नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन् ।
यस्तो छ भिडियो :