logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • लगातार १२ वर्ष इजरेलको सत्ता सम्हालेका नेतान्याहु बाहिरिए, बेनेट बने प्रधानमन्त्री

    लगातार १२ वर्ष इजरेलको सत्ता सम्हालेका नेतान्याहु बाहिरिए, बेनेट बने प्रधानमन्त्री

    2.8K
    Shares

    एजेन्सी । १२ वर्षसम्म इजरेलको सत्ता सम्हालेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन्। इजरायली प्रधानमन्त्रीको रुपमा रहेका उनी संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदबाट बाहिरिनु परेको हो ।

    दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन्। संसदमा नेतान्याहुको पक्षमा ५९ सांसदको समर्थन मिल्यो भने विपक्षी गठबन्धनका उम्मेदवार बेनेटलाई ६० सांसदले मत दिएका थिए । सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार बेनेट सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्।

    बीबीसीमा उल्लेख भए अनुसार नेतान्याहू सबैभन्दा लामो समय इजरायलको प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् । उनी पाँच पटक इजरायलको प्रधानमन्त्री निर्वाचित भएका हुन् । पहिलो पटक उनी १९९६ सालदेखि १९९९ सम्म प्रधानमन्त्री रहे भने त्यसपछि २००९ देखि अहिलेसम्म निरन्तर प्रधानमन्त्री बनेका थिए ।

    इजरेलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राखेका उनी दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend