काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले परिवर्तनका लागि अर्काे पुस्ता लड्नु नपरोस् भनेर आक्रोश व्यक्त गरेका छन् ।
डा. भट्टराईले आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोहको बलमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु नै रहेको जनाएका छन् ।
ट्विटरमा डा. भट्टराईले प्रतिक्रान्तिकारीहरू सत्तामा र क्रान्तिकारीहरू सडकमा हुनु विडम्बना भएको उल्लेख गरेका छन् ।
डा. भट्टराईले लेखेका छन्, ‘आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध/जनआन्दोलन/मधेश विद्रोहको बलमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु नै हो । तर विडम्बनाः प्रतिक्रान्तिकारीहरू सत्तामा, क्रान्तिकारीहरू सडकमा ! दलालहरू हिरो, देशभक्तहरू भिलियन ! सावधानः अर्को पुस्ता लड्न नपरोस् !’