logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • जसपा विवाद : ठाकुर पक्षबाट मन्त्री भएकालाई यादवले साेधे स्पष्टीकरण 

    जसपा विवाद : ठाकुर पक्षबाट मन्त्री भएकालाई यादवले साेधे स्पष्टीकरण 

    2K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का एक अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएका अर्का अध्यक्ष महन्थ ठाकुरपक्षीय ९ मन्त्रीलाई ७ दिने स्पष्टीकरण सोधेका छन् । 

    अध्यक्ष यादवले राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टी स्पष्टीकरण सोधकाे जसपा निकट स्राेतले बताएकाे छ । 

    यसअघि अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाट निष्कासन गरेका थिए भने लगत्तै अध्यक्ष ठाकुरले पनि यादवलाई पार्टीबाट निकालेका थिए ।

    दुवै पक्षले निर्णय अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरेका थिए । उनीहरुको निर्णय अमान्य भएको आयोगले बताइसकेकाे छ । यही अवस्थामा पुन यादवले ठाकुर पक्षसँग स्पष्टीकरण माग गरेकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend