काठमाडाैं । विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय पुरुषको भारतको मिजोरम राज्यमा निधन भएको छ ।
बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको बीबीसीले जनाएकाे छ । उनका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेका छन् ।
चानालाई मधुमेह र उच्च रक्तचापको समस्या थियो । मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाले ट्विटरमा ‘मन भारी’ भएको भन्दै चानामाथि समवेदना प्रकट गरेका छन् । उनकाे घरमा नै स्वास्थ्य अवस्था बिग्रिसकेकाे थियाे । अस्पताल पुग्नुपूर्व नै आइतबार साँझ उनकाे निधन भइसकेकाे चिकित्कहरुले बताएकाे समाचारमा जनाइएकाे छ ।
चानाको परिवारको ठ्याक्कै सङ्ख्या यकिन गर्न पनि सहज छैन । एउटा विवरणमा उनका ३८ श्रीमती, ९४ सन्तान, ३३ नातिनातिना र एक पनाति रहेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमहरूले सबैभन्दा ठूलो परिवारको विश्व कीर्तिमान भएको विवरण दिए पनि त्यसको आधिकारिकता पुष्टि भने भएको छैन ।
–बीबीसीबाट ।