logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित 

    गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित 

    1.5K
    Shares

    कास्की। गण्डकी प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ। 

    सोमबार प्रदेश प्रमुख सीता पौडेलमार्फत प्रदेशसभामा पेश भएको आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएको हो। 

    गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ। सँगै, कृषि, पर्यटन, पूर्वाधार र रोजगारीलाई पनि नीति तथा कार्यक्रमले समेटेको छ।

    प्रदेशसभामा मंगलबार बिहानैदेखि नीति तथा कार्यक्रममाथि छलफल भएको थियो।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सांसद्ले उठाएको प्रश्नका जवाफ दिएपछि सभामुख नेत्रनाथ अधिकारीले नीति तथा कार्यक्रममाथि निर्णयार्थ प्रस्तुत गरेका थिए।

    निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पक्षमा हुन्छ भन्नेको बहुमत पुगेकाले पारित भएको उनले घोषणा गरे ।

    सांसद्ले उठाएको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री नेपालीले प्रदेशका नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता रहेको बताएका छन्। नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्ने गरी ल्याएको उनको दाबी छ। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend