सुर्खेत। कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित भएको छ।
मंगलबारको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममा प्रदेश सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो।
यसअघि मंगलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।
कर्णाली प्रदेश सरकारले अब दिउँसो ४ बजे आर्थिक वर्ष २०७८/७९ को बजेट संसदमा बजेट पेश गर्ने तयारी छ।
३९ सदस्यीय प्रदेश सभामा एमालेको २० सिट छ।