logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • कालिगण्डकी नदीको बाढीले सेतिबेणीका ८ घर पूर्णरुपमा क्षति

    कालिगण्डकी नदीको बाढीले सेतिबेणीका ८ घर पूर्णरुपमा क्षति

    4.9K
    Shares

    स्याङ्जा । अविरल वर्षाको कारण कालिगण्डकी नदीको बाढीले स्याङजाको गल्याङ नगरपालिका वडा नं. ५ सेतिबेणी बजारका बस्ती डुबानमा परेको छ ।

    मंगलबार बिहान ८ बजेर २० मिनेट बस्तीमा परसेको बाढीबाट ८ घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    कार्यालयका प्रवक्ता नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार डुबानबाट मानवीय क्षति भने भएको छैन ।

    प्रहरी, स्थानीय जनप्रतिनिधी, रेडक्रस र सर्वसाधारणको सहकार्यमा उद्धार कार्य गरिएको छ । बाढीपीडितहरुलाई पाल वितरण समेत गरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend