काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिएको छ ।
उनलाई नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली लगिएको हो। स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ गते थापाथलीस्थित नर्भिक इन्टरनेश्नल अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारको लागि दिल्लीको एपोलो अस्पताल लगिएको हो।
उपचारमा संलग्न चिकित्सकका अनुसार खनालको फोक्सोमा पानी जमेको छ। उनलाई श्वासप्रश्वासमा समस्या भएकाले अक्जिनको सहायतामा दिल्ली लगिएको छ।
यसअघि कोरोना संक्रमण भएपछि उनलाई वैशाख १८ गते नर्भिकमै भर्ना गरिएको थियो। वैशाख २६ मा कोरोना रिपोर्ट नेगेटिभ आएर स्वास्थ्यमा सुधार हुँदै गएपछि उनलाई २८ गते डिस्चार्ज गरिएको थियो।
मिर्गौलाको समस्याले पीडित खनाल चिकित्सकको सुझाव अनुसार दिल्ली लगिएको हो।