एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड १९)को अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ ।
डेल्टा भेरियन्टसँग मिल्दोजुल्दो अर्को भेरियन्ट पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएका छन् । नयाँ भेरियन्ट निकै संक्रामक रहेको बताइएको छ ।
कोभिड १९ को खोप कार्यक्रम चलिरहेका बेला राष्ट्रिय विशेषज्ञ समूहका प्रमुख विके पालले भारतमा दुई दिनअघि मात्रै नयाँ भेरियन्ट पुष्टि भएको बताए ।
नयाँ भेरियन्टबारे अहिलेसम्म धेरै थाहा नभएको भन्दै उनले थप अध्ययनमा भारत जुटेको जानकारी पनि दिए ।
भारतले ठूलो मात्रामा कोभिडविरुद्धको खोप उत्पादन गरिरहेकाले नआत्तिन पनि उनले सबैलाई अनुरोध गरेका छन् ।