काठमाडौं। सिन्धुपाल्चोकको मेलम्चीमा खोला थुनिएर एक्कासी बाढी आएको आंकलन गरिएको छ।
नेपाल बाढी सूचना केन्द्रले मेलम्ची नाकोटे जलमापन केन्द्रमा मंगलबार साँझ ६ बजेदेखि जलसतह एक्कासी बढेर ४ दशमलव ७ मिटरबाट घटेर ३ मिटर पुगेको पाइएको जनाएको छ।
तर पौने ७ बजेदेखि एक्कासी जलसतह बढेर ७ बजे ६ मिटर मापन गरिएको त्यसपछि स्वचालित जलसतह मापन उपकरणबाट तथ्याङक सम्प्रेषण हुन नसकेको केन्द्रले जनाएको छ।
यसले खोला केही समयका लागि थुनिदा एक्कासी बाढी आएको केन्द्रले आंकलन गरेको हो।
गएराति सिन्धुपाल्चोकमा बाढी आउँदा ठूलो धनजनको क्षती भएको छ।