logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज विश्वासको मत लिँदै

    गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज विश्वासको मत लिँदै

    2K
    Shares

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन्।

    जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् ।

    मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेपनि उनले एकसातामै मत लिन लागेका हुन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएपछि मत्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। 

    नेपाली कांग्रेस संसदीय दलका नेता रहेका पोखरेल विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री भएका थिए। उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ।

    गण्डकी प्रदेश सभा ६० सदस्यीय थियो। उक्त संख्याको बहुमत ३१ पुर्‍याएर उनी मुख्यमन्त्री भएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend