२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रौतहट–३ मा पुनम यादवसहित चार जनाको नाम उम्मेदवारमा सिफारिस

आइतवार , पौष १३, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रौतहट क्षेत्र नं. ३ ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार जनाको नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

पार्टीको क्षेत्रीय बैठकले युवा धार्मिक पर्यटन अभियन्ता पुनम यादवसहित धिरज पटेल, रामभरोषे राय यादव र विन्देश्वर यादवलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

यसैगरी, समानुपातिक प्रणालीतर्फ बाहिद अन्सारी, कमल यादव, रिना साह, खजान्ति महतो, लालबाबु साह तथा नुर जहाँ खातुनको नाम सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ।

धार्मिक आस्था र आधुनिक दृष्टिकोणको संयोजन बोकेकी पुनम यादव लामो समयदेखि राजनीति, संस्कृति र समाजसेवामा सक्रिय रहँदै आएकी छन्। आध्यात्मिक कार्यक्रम, रामकथा जस्ता सांस्कृतिक संवाददेखि धार्मिक तथा ग्रामीण पर्यटन प्रवर्द्धनसम्म उनको सक्रिय योगदान रहेको बताइन्छ।

धार्मिक पर्यटनमार्फत मुलुकको आर्थिक विकास सम्भव हुने विश्वास राख्ने यादव पुरातात्त्विक सम्पदाको संरक्षण, सांस्कृतिक पर्व–उत्सवको प्रवर्द्धन तथा प्राकृतिक सौन्दर्यको संरक्षणमा निरन्तर सक्रिय रहँदै आएकी छन्।

देश तथा विदेशमा राम्रो जनसम्पर्क स्थापित गर्न सफल युवा महिला नेतृ यादवको उम्मेदवारीले रौतहट–३ मा राजनीतिक चासो थपिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट