काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकमा पुरानालाई नदोहोर्याउने भएको छ ।
समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न बसिरहेको कार्यसम्पादन समितिको बैठकले यसअघि समानुपातिकबाट सांसद बनेकाहरूलाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरेको हो ।
समानुपातिक निर्वाचन प्रणाली लागू भएयता ०६४, ०७०, ०७४ र ०७९ सालमा भएका कुनै पनि निर्वाचनबाट समानुपातिक सूचीमा परी प्रतिनिधिसभा र प्रदेश सभामा सांसद बनेकाहरूलाई कांग्रेसले अब उम्मेदवार नबनाउने निर्णय गरेको हो ।
कार्यसम्पादन समितिका एक सदस्यका अनुसार यसअघि भएका कुनै पनि निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकबाट सांसद बनेकाहरूलाई अबको सूचीमा नराखिने भएको हो ।
कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले पनि जारी छ ।
प्रतिक्रिया दिनुहोस