२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पार्टी परित्याग गरेकाहरुलाई घर फर्कन कांग्रेसको आह्वान, आवश्यक जिम्मेवारी दिइने निर्णय

आइतवार , पौष १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएकाहरुलाई घर फर्कन आह्वान गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो आह्वान गरेको हो ।

बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गरेको थियो । त्यसरी फर्किने साथीहरुलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने बैठकको निर्णय छ ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै प्रदेश, जिल्ला, प्रतिनिधिसभा र प्रदेश क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्यसमितिलाई सम्बोधन गरी बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो ।

कार्यसम्पादन समिति बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासनविपरीतका काम गरेकालाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरुको बाँकी अवधि माफी मिनाहा गर्ने निर्णय गरेको थियो छ ।

त्यस्तै, कारबाही माफी मिनाहा भएका व्यक्तिहरुको पार्टीको बहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले विभिन्न पेसा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताका सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट