काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यस पटकको निर्वाचनमा समानुपातिकतर्फ पुराना अनुहारलाई नदोहोर्याउने भएको छ ।
पार्टी शीर्ष नेतृत्व तहमै सहमति गरी यसपालिको समानुपातिक सूचीमा नयाँ अनुहार पठाउने निर्णय भएको नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको छ ।
नेकपाको निर्णय अनुसार यसअघि सांसद र राष्ट्रिय सभा सदस्य भएकाहरू समानुपातिक सूचीमा पर्ने छैनन्। नेकपाका शीर्ष नेताहरू सूची तयार पार्ने काममा व्यस्त छन्।
निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची पठाउने आज अन्तिम दिन हो।
प्रतिक्रिया दिनुहोस