२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अशोक राई नेतृत्वको जसपा र उपेन्द्र यादब नेतृत्वको जसपा नेपालबिच एकता हुँदै

सोमवार , पौष १४, २०८२

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच आजै एकताको घोषणा हुने भएको छ।

जसपाका तर्फबाट उपाध्यक्ष रेनु यादवले एकताको नेतृत्व गरिरहेकी छन्। जसपाका अध्यक्ष अशोक राई भने जसपा नेपालसँगको एकताका लागि तयार नभएपनि उपाध्यक्ष यादव पक्षले उनलाई समेटेर संवाद गरिरहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, “सम्भवतः अशोक राईलाई साथमा लिएर नै एकता घोषणा हुने छ। यदि राईले सहमति जनाएनन् भने, रेनु यादवको नेतृत्वमा जसपा नेपालसँग एकता घोषणा गरिनेछ।”

उपाध्यक्ष यादव पक्षले आफूहरूसँग केन्द्रीय सदस्यहरूको बहुमत रहेको दाबी गरेको छ। यसअघि जसपाबाट राजेन्द्र श्रेष्ठ अलग भएर नेपाली कम्युनिष्ट पार्टीसँग एकता गरिसकेका छन्। बाँकी रहेका केन्द्रीय सदस्यहरू लिएर उपाध्यक्ष यादव जसपा नेपालसँगको एकतामा अघि बढ्ने तयारीमा रहेकी छन्।

राई तयार नभएमा यादव पक्षधरले जसपा नेपालसँगै एकता घोषणा गर्ने तयारीमा छन्। यसअघि आइतबार मात्र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबीच एकताको लागि सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट