पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
उनको पक्षमा ५८ जनामध्ये ३१ जनाको मत परेको हो । २७ जनाले भने विपक्षमा मत हालेका छन् ।
जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार शुक्रबार विश्वासको मत मागेका हुन् ।
ख्यमन्त्री पोखरेलले विश्वासको मत पाएपछि मत्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता रहेका पोखरेल विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री भएका थिए। उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ।