logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतीय धावक मिल्का सिंहको निधन

    भारतीय धावक मिल्का सिंहको निधन

    1.9K
    Shares

    एजेन्सी । ‘फ्लाइङ सिख’को उपनामबाट परिचित भारतीय धावक मिल्का सिंहको ९१ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । 

    चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार राति साढे ११ बजे उनको निधन भएको हो। उनलाई मे २० तारिखमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । यदपी, उनको कोरोना नेगेटिभ भइसकेको थियो । यही साता कोभिडकै कारण उनको श्रीमतीको पनि निधन भएको थियो ।

    मिल्खाका ३ छोरी र १ छोरा छन् । सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए, जसले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए। उनी भारतीय सेनामा पनि थिए।  मिल्खाले एसियन गेम्समा ४ स्वर्ण पदक जितेका छन् । उनले १९५८ मा २०० र ४०० मिटर तथा १९६२ मा ४०० र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण जितेका थिए ।

    मिल्खाको जीवनीमा आधारित रहेर बनेको चलचित्र ‘भाग मिल्खा भाग’ मा फरहान अख्तरले अभिनय गरेका थिए । मिल्खाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत नेता, खेलाडी, कलाकार लगायतले दुख व्यक्त गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend