काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रियसले नेपाली स्वास्थ्यकर्मीको कामकाे प्रशंसा गरेका छन्।
उनले असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहयाेगमा खोला तारेको भ्याक्सिन क्यारिअरको भिडियो रिट्वीट गर्दै नेपाली स्वास्थ्यकर्मीको कामकाे प्रशंसा गरेका हुन् ।
स्वास्थ्यकर्मीले भ्याक्सिन क्यारिअर पाइपको साहरामा तारेको भिडियो रिट्वीट गर्दै उनले स्वास्थ्यकर्मीले अरुको ज्यान जोगाउन गरेको दुखको प्रशंसा गरे । तर धेरै ठाउँमा स्वास्थ्यकर्मीले अझै खोप नपाउनु दुख भएको उनको भनाइ छ ।
‘जीवनलाई बचाउन स्वास्थ्यकर्मीले कति प्रयत्न गर्छन् भन्ने दृश्य हो यो । विभिन्न ठाउँमा यी नायकहरुलाई अहिलेसम्म खोप नलगाइनू के निश्पक्ष छ त ?’, टेड्रोस लेख्छन्, ‘खोपको समान वितरणका लागि हामीले हाम्रो शक्ति प्रयोग गर्नु जरुरी छ । अहिले होइन भने कहिले गर्ने त ?’
This is how far #healthworkers go to save lives. Is it fair that in many places these heroes have still not been vaccinated?
It is in our power and our duty to do everything we can to deliver #VaccinEquity! If not now, when?https://t.co/Dm1YVbc9uB
— Tedros Adhanom Ghebreyesus (@DrTedros) June 17, 2021
विश्व स्वास्थ्य संगठनले यसअघि पनि नेपाललाई तत्काल खोप आपूर्ति गर्न ठूला राष्ट्रहरुलाई आग्रह गरेको थियो ।