तनहुँ । नेपाली कांङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन् । स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न दमौली पुगेका उनले काङ्ग्रेसलाई सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
‘मुलुक दुई धुर्वमा विभाजित छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडि बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौ’, उनले भने, ‘हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन ।’
वरिष्ठ नेता पौडेलले राजनीति अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको भन्दै चिन्ता व्यक्त गरे ।
नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेपछि उनको यो भनाइ आएको हो ।