काठमाडौँ । कोभिड-१९ संक्रमण रोकथामका लागि बैशाख १६ गतेदेखि जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एकसाता लम्बाइएको छ ।
आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । उनका अनुसार थपिएको निषेधाज्ञामा निजी सवारीलाई जोर-बिजोर अनुसार चल्न दिइने छ ।
त्यस्तै बिभिन्न प्रकारका पसलहरुलाई बार अनुसार सञ्चालन गर्न पाइनेछ । ‘आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ,’ निराैलाले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।’
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। निर्माण सामग्रीका पसलहरू भने बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ।
यस्तो छ आदेश