logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • पार्टी छाडेका १४ जनप्रतिनिधिमाथि माओवादी केन्द्रले गर्‍यो कारबाही (सूचीसहित)

    पार्टी छाडेका १४ जनप्रतिनिधिमाथि माओवादी केन्द्रले गर्‍यो कारबाही (सूचीसहित)

    3.3K
    Shares

    काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र) ले पार्टी त्याग गरेका १४ जना जनप्रनिधिमाथि कारबाही गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकमार्फत माओवादी छाडेर एमाले प्रवेश गरेका १४ जनालाई कारबाही गरेको हो ।

    यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । 

    सबैभन्दा बढी रौतहटबाट ७ जना कारबाहीमा परेका छन् । यस्तै कैलालीबाट चार जना कारबाहीमा परेका छन् भने सिरहा, महोत्तरी र ओखलढुंगाबाट एक/एक जना कारबाहीमा परेका छन् ।

    माओवादी केन्द्रले केन्द्रीय कमिटीको निर्णय निर्वाचन आयोगमा अध्यावधिकका लागि बुझाउने पनि निर्णय भएकाे छ । 

    को-को परे कारबाहीमा ?

    रिनाकुमार साह, प्रमुख- मौलापुर नगरपालिका, रौतहट

    सियाराम कुशवाहा, प्रमुख- कटहरिया नगरपालिका, रौतहट

    परनिया देवी, उपप्रमुख- देवाही गोनाही नगरपालिका, रौतहट

    गौरीशंकर जयसवाल, उपप्रमुख- मौलापुर नरपालिका, रौतहट

    कान्ती देवी, उपप्रमुख- फतुवाविजयपुर नगरपालिका, रौतहट

    सीमलाल साह, उपप्रमुख- माधवनारायण नगरपालिका, रौतहट

    गीतादेवी शाह, उपप्रमुख- युमनामाई गाउँपालिका, रौतहट

    सतमीलाल दास ताती, सदस्य- लहान नगरपालिका, सिरह

    शेष फारुक, अध्यक्ष- सम्सी गाउँपालिका, महोत्तरी

    छाया देवकोटा, उपप्रमुख- भजनी नगरपालिका, कैलाली

    भागिरथी विष्ट, वडाध्यक्ष- गौरीगंगा नगरपालिका ४, कैलाली

    शर्मानन्द भट्ट, वडाध्यक्ष- गोदावरी नगरपालिका १, कैलाली

    पुरन विसी, वडाध्यक्ष- बर्दगोरिया नगरपालिका ४, कैलाली

    सुरेश कुमार थापा, वडाध्यक्ष- चम्पादेवी गाउँपालिका १, ओखलढुंगा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend