logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • गोकुल बास्कोटा साेध्छन् : एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेकाहरू थाके कि के हो ?

    गोकुल बास्कोटा साेध्छन् : एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेकाहरू थाके कि के हो ?

    1.7K
    Shares

    काठमाडौं । नेकपा एमालेको एकता प्रक्रियामा लागेकाहरु कहाँ हराए भनि पूर्वमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहका नेता गोकुल बास्कोटाले प्रश्‍न गरेका छन् । सोमबार ट्‍वीटरमार्फत उनले साेधेका छन्, ‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेकाहरू नै थाके कि के हो ?’

    उनले एकता प्रक्रियाका कुरा नै हुन छाडेकाे भनि व्यंग्यात्मक शैलीमा लेखेका छन् ‘खिचडी पाक्ने त हो-होइन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन ।’ उनले अगाडि भनेका छन् ‘अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्‍ने । त्यो नमान्‍ने भए भो छोडदिम, झुर्का खोज्‍ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम ।’

    नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली समूह र माधव नेपाल समूहबीच विवाद चर्किरहेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend