logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • याेगका बारे ओलीकाे अभिव्यक्तिमाथि भारतीय मिडियामा चर्चा 

    याेगका बारे ओलीकाे अभिव्यक्तिमाथि भारतीय मिडियामा चर्चा 

    2.7K
    Shares

    काठमाडाैं । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिएको अभिव्यक्ति अहिले चर्चामा छ । प्रधानमन्त्री ओलीकाे उक्त अभिव्यक्ति नेपालमा मात्र हाेइन भारतमा पनि उत्तिकै चर्चा पाएको छ ।

    ओलीले योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै योगको उत्पत्ति नेपालमा भएको बताएका थिए । प्रधानमन्त्री ओलीको बोलीलाई बीबीसी हिन्दीले ट्विटरमा राखेको छ । 

    ट्विटरमा बीबीसी हिन्दीले लेखेको छ, ‘नेपालका प्रधानमन्त्री केपी ओलीले भनेका छन् कि एक राष्ट्रको रूपमा भारत अस्तित्वमा आउनुभन्दा कैयौं अगाडि योग नेपालमा प्रचलनमा थियो । योगको उत्पत्ति भारतमा भएको होइन । योगको उत्पत्ती नेपालमा भएको थियो । तर हामीले योगको खोज गर्ने हाम्रा सन्तलाई कहिल्यै श्रेय दिएनौँ ।’

    यस्तै भारतीय सञ्चारमाध्यम एनडीटीभी, हिन्दुस्तान टाइम्सटाइम्स अफ इण्डियाले पनि ओलीकाे उक्त अभिव्यक्तिबारे समाचार प्रकाशन गरेका छन् । उनीहरुले नेपालका प्रधानमन्त्रीकाे नयाँ दाबी भनि उक्त समाचार प्रकाशित गरेका छन् । 

    गएकाे वर्ष ओलीले हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गरेका थिए । उनले राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीको देशभित्र र बाहिर चर्को आलोचना भएको थियाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend