logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • पदमुक्त भएका मन्त्रीहरूसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘पाँच जना मन्त्रीले देश कसरी चलाउनु ?’

    पदमुक्त भएका मन्त्रीहरूसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘पाँच जना मन्त्रीले देश कसरी चलाउनु ?’

    1.8K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच जना मन्त्रीले मुलुक चलाउन नसक्ने र अराजकता हुने बताएका छन्। ‘५ जना मन्त्रीले देशलाई कसरी चलाउन सक्छ । यो त अराजकता भयो ।’ प्रधानमन्त्री ओलीले अदालतले संविधानमा नभएको कुरा गरिरहेको प्रतिक्रिया दिएको निवर्तमान युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले बताए ।

    जेठ २१ र २७ गते शपथ लिएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको नियुक्ति संविधानअनुकूल नभएको भन्दै सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया दिएका हुन् । 

    मंगलबार साँझ पदमुक्त भएका मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले छलफल गरेका थिए । सो छलफलमा संसद् विघटनको मुद्दामा के होला भन्नेबारे पनि प्रधानमन्त्रीले चासो राखेको बताइएको छ । 

    भेटघाटमा एमाले र जसपा आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा छलफल भएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend