एजेन्सी । संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित मयामीमा १२ तले भवन भत्किँदा ९९ जना मानिसहरू बेपत्ता भएका छन्।
विहीबार भत्किउको भवनमा एक जनाको मृत्यु भएको पुष्टि भएतापनि धेरै जना भग्नावशेषभित्र पुरिएको बताइएको छ । हराएकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेका छन्।
हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको मायामी डेडकी मेयर डेनीयला लेभिन-काभालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो। भवन भत्किनुको कारण प्रस्ट भएको छैन
भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको थियो। खोजीकार्य जारी रहँदा सानो आगलागी भएपनि त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताएका छन्।
फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताए।