अमेरिकी एक अदालतले अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लायडको हत्या अभियोगमा पूर्व प्रहरीलाई साढे २२ वर्षको जेल सजाय सुनाएको छ ।
अदालतले पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई हत्या अभियोगमा दोषी ठहर गर्दै २२ वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो । न्यायाधीसले पूर्व प्रहरी चोभनले आफ्नो अधिकारको गलत प्रयोग गरेको र जर्जसँग क्रुर व्यवहार गरेको देखिएको भन्दै साढे २२ वर्षको जेल सजाय सुनाए ।
यस्तै उनलाई हिंसात्मक अपराधिका रुपमा दर्ता गर्न र जीवनकाल भर बन्दुक लिन नपाउने फैसला पनि अदालतले गरेको छ ।गएको वर्ष अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीले पक्राउ गर्ने क्रममा गरेको ज्यादतीका कारण अश्वेत अमेरिकी ४६ वर्षे फ्लोइडको मृत्यु भएको थियो ।
पक्राउको क्रममा ४५ वर्षे श्वेत प्रहरी अधिकारी (तत्कालीन) चोभनले फ्लोइटको घाँटीमा ९ मिनेट भन्दा बढि थिचेको र फ्लोइटले ‘आइ कान्ट ब्रिथ’ भनेको भिडियो सार्वजनिक भएको थियो ।
त्यसपछि अमेरिकासहित विश्वभर रंगभेद र प्रहरी ज्यादती विरुद्ध प्रदर्शन भएको थियो ।