काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने भएको छ ।
आइतबारदेखि आउँदो शनिबारसम्म आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने तयारी भएको प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका अनुसार यो क्रममा खिम्ती लामोसाँघु १३२ के.भी. प्रसारण लाइन बन्द रहनेछ ।
यसले गर्दा विद्युत अपुग हुने भन्दै प्राधिकरणले ढल्केबरदेखि कोहलपुरसम्मका सवस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटो समयका लागि विद्युत कटौती हुन सक्ने जानकारी दिएको छ ।
यस परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासम्भव विद्युत कटौतीको समय कम गर्न प्रयास गर्ने प्राधिकरणले जनाएको छ ।