logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • विश्वकै पहिलो एन्टीभाइरस निर्माताले गरे आत्महत्या

    विश्वकै पहिलो एन्टीभाइरस निर्माताले गरे आत्महत्या

    3.3K
    Shares

    काठमाडाैं । विश्वकै पहिलो एन्टी भाइरस सफ्टवेयर निर्माता व्यवसायी जोन म्याकाफीले आत्महत्या गरेका छन् । बेलायती मूलका अमेरिकी नागरिक म्याकाफीले स्पेनको बार्सिलोनास्थित एक जेलमा आत्महत्या गरेका हुन् ।

    कर छली गरेको अभियोगमा छानविनका लागि अमेरिका सुपुर्दगी गर्ने स्पेनी अदालतको फैसलाको केही घण्टापछि उनले आत्महत्या गरेको बीबीसीले जनाएको छ । जेलभित्र अचेत अवस्थामा फेला परेका उनलाई बचाउने चिकित्सकहरूको प्रयास असफल भएको बताइएको छ ।

    म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेर म्याकाफी भाइरस स्क्यान बनाएको थियो । यो एन्टी भाइरसले कम्प्युटर जगतमा अर्बौ डलरको नयाँ उद्योगको सिर्जना गरेको थियो । उनले आफ्नो उक्त एन्टीभाइरस कम्पनी ७ अर्ब ६० करोड डलरमा इन्टेललाई बेचेका थिए ।

    सन् २०२० को अक्टोबरमा जहाजबाट टर्कीतर्फ उड्ने क्रममा जोन म्याकाफी स्पेनमा पक्राउ परेका थिए । उनीमाथि अमेरिकामा पछिल्लो चार वर्षसम्म कर नतिरेको अभियोग थियो । पछिल्ला वर्षहरूमा म्याकाफीले आफूमाथि षडयन्त्र भएको बताउँदै आएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend