logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोभिड मापदण्ड उल्लङ्घन गर्दै सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्रीले दिए राजीनामा

    कोभिड मापदण्ड उल्लङ्घन गर्दै सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्रीले दिए राजीनामा

    3.6K
    Shares

    एजेन्सी । कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै एक जना सहयोगीलाई अँगालो हालेर चुम्बन गरेपछि आलोचित बनेका बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्।

     द सन पत्रिकाको शुक्रबारको संस्कराण्मा केही समयअघि मन्त्री ह्यानककले नियुक्त गरेकी एक जना महिला सहयोगीलाई उनले अँगालो हालेको र चुम्बन गरेको तस्बिर प्रकाशित भएको थियो । सो समाचारपछि अरूलाई लकडाउनमा राखेर मन्त्री आफैंले मापदण्ड उल्लंघन गरेको भन्दै उनको तीव्र आलोचना भएको थियो।

    आत्मालोचना गर्दै ४२ वर्षीय ह्यानककले ट्विटरमा पोष्ट गरेको भिडिओमा भनेका छन्, ‘यी नियमहरू जसले बनाए उनीहरूले तिनको कडाइका साथ पालना गर्नुपर्छ, त्यसैले म राजीनामा दिन्छु।’

    ह्यानककको ठाउँमा अब साजिद जावेद नयाँ स्वास्थ्य मन्त्री हुने भएका छन्। उनी पूर्वअर्थमन्त्री हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend