बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

भारतमा पछिल्लाे २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कम मानिसकाे मृत्यु

भारतमा पछिल्लाे २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कम मानिसकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ ।

यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ ।

करिब दुई महिना आधायता २४ घण्टाको समयावधिमा भारतमा एक हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमणबाट मृत्यु भएको जुन २८ मा पहिलो पटक हो । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो ।

हाल भारतमा पाँच लाख ७२ हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेका छन्। गत २४ घण्टाको समय अवघिमा ५८ हजार ५७८ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ९ हजार ६०७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend