logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • किन दुब्लाए उत्तर काेरियाका नेता किम जाेङ उन ? 

    किन दुब्लाए उत्तर काेरियाका नेता किम जाेङ उन ? 

    3.6K
    Shares

    काठमाडौं । उत्तर काेरियाका नेता किम जाेङ उन दुब्लाएका छन् । पछिल्लो समय सार्वजनिक भएका भिडियो फुटेजमा किम निकै दुब्लाएका देखिएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन दुब्लाएपछि उत्तर कोरियाका जनता चिन्तामा परेका छन् । 

    उत्तर कोरियाको सरकारी मिडियासँग प्योङयाङका एक स्थानीयले गरेकाे कुराकानीमा किम दुब्लाउँदा उत्तर कोरियाका सबै चिन्तित भएको बताएका छन् । जुनको सुरुवातमा विदेशी विश्लेषकहरुले किमको तौल उल्लेख्यमात्रामा घटेकाे बताएका थिए । 

    ती स्थानीयले सरकारी प्रसारक केआरटीलाई दिएको एक अन्तरवार्तामा भनेका छन् ‘सम्मानित महासचिव (किम जोंग उन) लाई यसरी दुब्लाएको देख्दा हाम्राे मुटु छियाछिया भइरहेकाे छ’  । यो अन्तरवार्ता शुक्रबार प्रसारण भएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार सार्वजनिक भएको एउटा क्लिपमा प्याेङयाङका जनताले एउटा ठूलो स्क्रिन हेरिरहेको देख्न सकिन्छ ।

    स्क्रिनमा एउटा कन्सर्ट भइरहेको देखिन्छ । यो कन्सर्टमा किम जाेङ उन सहभागी भएका थिए । कोरोयाको वर्कर पार्टीको बैठकपछि भएको यो कन्सर्टमा किमसहित पार्टीका अरु नेताहरु पनि सहभागी थिए । समाचारमा किमको तौल किन घट्यो भन्नेबारे भने खुलाइएको छैन ।

    गएकाे वर्ष पनि उनकाे स्वास्थ्यकाे अवस्था बिग्रिएकाे भनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा भएकाे थियाे । गत वर्ष किम आफ्ना हजुरबुवा किम इल सुंगको जन्मजयन्तिमा उपस्थित नभएपछि उनको स्वास्थ्यबारे विभिन्न किसिमका अड्कलबाजी भएकाे थियाे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend