logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सामाजिक संजालमा आफूले पालेको सिंह सार्वजनिक गरेपछि …

    सामाजिक संजालमा आफूले पालेको सिंह सार्वजनिक गरेपछि …

    2.8K
    Shares

    कम्बोडियामा गैरकानुनी रुपमा घरमै पालिएको सिंह जफत गरिएको छ । सामाजिक संजालमा सिंहलाई अंगालो हालेको र नुहाइदिएको भिडियो सार्वजनिक भएपछि घरमै पालिएको सिंह त्यहाँको सरकारले जफत गरेको हो ।

    राजधानी फोनोम पेन्ह्मा पालिएको सिंह जफत गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । अप्रिलमा सिंहसँगको भिडियो टिकटक भाइरल भएपछि अनुसन्धान गरिएको त्यहाँको सरकारले जनाएको छ ।

    १८ महिनाको सिंहलाई वन्यजन्तु उद्धार केन्द्रमा पठाइएको छ । सिंह राखेकोमा धनीलाई कारवाही हुने वा नहुने भन्नेबारेमा केही खुलाइएको छैन ।

    जंगली जनावरलाई घरमा पाल्न नपाइने भएकाले उद्धार गरिएको कम्बोडियाका वातावरण मन्त्री नेथ फेक्त्राले बताएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend