हङकङले बेलायतबाट हुने सबै उडान स्थगित गर्ने भएको छ । कोरोनाको डेल्टा भेरियन्ट तीव्रगतिमा फैलन थालेपछि हङकङले बेलायतबाट हुने सबै उडान स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
आउँदो जुलाइ १ देखि निर्णय लागु हुनेछ । अब ब्रिटेनमा दुई घण्टाभन्दा बढी समय बिताएका नागरिकलाई हङकङको कुनै पनि विमानस्थलमा बोर्डिङको अनुमती दिइने छैन ।
अहिले बेलायत हुँदै हङकङ दैनिक झण्डै ८ वटा उडान भइराखेका छन् । बेलायतबाट हुने उडान स्थगित गरेपनि बेलायतका लागि हुने उडान भने निरन्तर रहने हङकङ सरकारले जनाएको छ ।