
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिन थालेपछि बंगलादेशमा कडा लकडाउन गरिएको छ ।
लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सडकमा सेना र प्रहरी परिचालन गरेको छ । अत्यावश्यक काम र वस्तु खरिदका लागि बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्किन सरकारले आदेश दिएको छ ।
सरकारले एक हप्ताका लागि कडा लकडाउन घोषणा गरेको हो । सरकारले जारी गरेको सूचनामा भनिएको छ ‘सात दिनसम्म कसैलाई पनि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन अनुमति छैन ।’
कडा लकडाउनपछि राजधानी ढाकाका सडकहरु खाली देखिएका छन्। बंगलादेशमा कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमण तीव्र रुपमा बढिरहेको अधिकारीहरुले जनाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend