२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कारवाही हुन्छ : आयोग

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानुन बमोजिम कारवाही हुने स्पष्ट पारेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचन प्रचार प्रसारका लागि खोलेको खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको भन्दै दुरुपयोग भएपछि कानुन बमोजिम कारवाही हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको बिषयमा आयोगले निर्देशिका नै जारी गरिसकेको बताए ।

उम्मेदवारले तोकेर सहयोग माग्न नपाइने भन्दै उनले स्वेच्छाले हुने सहयोगलाई कानुनले गैरकानुनी नमान्ने धारणा राखे । चुनावका नाममा नियतवस आर्थिक दुरुपयोग भएको देखिए कानुन बमोजिम त्यसको पछि समाधान हुने उनले बताए ।

प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामाग्रीहरु जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिए । उनले फागुन चार गतेदेखि प्रचार प्रसार सुरु हुने भन्दै मतदातालाई कुनै खालको दवाव भए–नभएको आयोगले हेर्ने बताए । सरकारका सुरक्षा निकायहरूले सुरक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएकाले सुरक्षामा केही समस्या आउँछ भन्ने महसुस आयोगले नगरेको उनले बताए ।

उनले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्याकिङ भएर मौज्दात राखिएको अवस्थामा रहेको जानकारी दिए । प्रत्यक्ष तर्फको मतपत्र छपाईको कामले गति लिइरहेको र अहिलेसम्म करिव ८४ लाख ४० हजार भन्दा बढि मतपत्र छपाइ भइसकेको उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट