२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

क्यानका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारी थुनामै रहने भएका छन्।

विशेष अदालतको आदेश उल्ट्याउन खोज्दै अधिकारीले दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेपछि थुनामा राख्ने निर्णय कायम भएको हो। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले विशेष अदालतको आदेशलाई सदर गर्दै ‘कानुन बमोजिम’ अघि बढ्न निर्देशन दिएको छ।

यसअघि विशेष अदालतले मंसिर २१ गते अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध उनी बुधबार सर्वोच्च पुगेका थिए तर अदालतबाट राहत पाएनन्।

सहरजिस्ट्रार तथा सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार ‘कानुन बमोजिम गर्नु’ भन्ने आदेशले मागअनुसार थुनामुक्त नगरी अघिल्लो निर्णयलाई नै निरन्तरता दिने बताए ।

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर १७ गते तत्कालीन महानिर्देशक अधिकारीसहित ६ जना व्यक्ति र एक कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट