बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख बढी

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख बढी

भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ८५३ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको हो । भारतमा कोरोनाले मात्रै अहिलेसम्म ४ लाख ३१२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले कोरोनाको दोस्रो लहर सकिएको भन्न थालिएको छ । तर अझैपनि ५ लाख बढी सक्रिय संक्रमित छन् । जबकी पछिल्लो केही हप्ता संक्रमितसँगै मृत्युदर घट्दै गएको छ ।

भारतमा अहिलेसम्म ३४ करोडभन्दा धेरैलाई कोरोना भाइरसविरुद्धको खोप दिइसकिएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend