मोरङ । नरेश सुवेदी चेतना सम्मानबाट नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल सम्मानित भएका छन् । चेतना संरक्षण प्रतिष्ठानको २१औँ वार्षिक उत्सवका अवसरमा ५१ हजार राशिको पुरस्कारबाट पौडेल सम्मानित भएका हुन् । पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रतिष्ठानले पौडेललाई सम्मान गरेको हो ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रधान सम्पादक पौडेललाई सम्मान प्रदान गरे । सो कार्यक्रममा प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याएका अन्य महानुभावहरूलाई समेत नगद राशिसहित सम्मान गरेको छ ।
प्रतिष्ठानले आसाम निवासी कलाश्री विनोद खनाललाई नगद २ लाख राशिको ‘जगतबन्धुरअञ्जु कार्की चेतना विशेष सम्मान’ प्रदान गरेको छ । यस्तै, साहित्यकार प्रा. डा. राजेन्द्र विमललाई नगद १ लाख राशिको ‘धर्मानन्दररामप्यारी साहित्य चेतना सम्मान’ प्रदान गरिएको अध्यक्ष गङ्गा सुवेदीले बताइन् ।
यसैगरी, कलाकार मुकेश मल्ललाई ५१ हजार नगद राशिको ‘भूपेन्द्ररशोभा रिजाल ललितकला चेतना सम्मान’ र सामाजिक अभियन्ता डा। ओममूर्तिलाई ५१ हजार नगद राशिको ‘ओमप्रकाश गोयल समाजसेवा चेतना सम्मान’ प्रदान गरिएको छ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरमा कला र साहित्यको क्षेत्रमा क्रियाशील रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस